JolQmut÷;fd'lxs b"3{6gf aLdfn]v
अनुसूची-२
(कार्यविधिको दफा ६ र दफा १० को उपदफा (१) सँग सम्बन्धित)
JolQmut÷;fd'lxs b"3{6gf aLdfn]v
यस बीमालेखमा उल्लेख भएको व्यवस्था बमोजिम बीमा गर्नको लागि बीमित वा बीमितको तर्फबाट बीमालेख धारकले पूरा बीमाशुल्क भुक्तानी गरेको हुनाले बीमक तथा बीमित बीचको द्विपक्षीय बीमा करारको रूपमा /fli6«oबीमा कम्पनी लिमिटेडले यो बीमालेख जारी गरेको छ ।
परिच्छेद -१
प्रारम्भिक
बीमालेखको नाम र प्रारम्भः (१) यो बीमालेखको नाम “दुर्घटना बीमालेख”रहेको छ ।
(२) यो बीमालेख बीमितवा बीमालेख धारकले बीमाशुल्क भुक्तानी गरेपश्चात प्रारम्भ हुनेछ ।
परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस बीमालेखमा,
-s_ “अपबाद” भन्नाले बीमालेखले रक्षावरण नगर्ने जोखिम वा बीमालेखले क्षति प्रदान नगर्ने वा नसमेट्ने अवस्था सम्झनु पर्छ ।
-v_ “आनुसाङ्गिक क्षति” भन्नाले बीमा गरिएको जोखिमको कारणले हुने अप्रत्यक्ष (कन्सिक्वेन्सियल) वा एउटा घटनाको परिणाम स्वरूप हुने अप्रत्यक्ष क्षति सम्झनु पर्छ ।
-u_ “जोखिम” भन्नाले कुनै घटना घट्ने वा नघट्ने अनिश्चित अवस्था सम्झनु पर्छ।
-3_ “तालिका” भन्नाले बीमा गरिएको बीमाङ्क, बीमाशुल्क लगायत बीमालेख जारी गर्न आवश्यक पर्ने विवरणहरू उल्लेख भएको बीमालेखको अङ्गको रूपमा रहने तालिका सम्झनु पर्छ ।
-ª_ “दाबी” भन्नाले क्षति बापत बीमित वा बीमालेख धारकद्वारा माग गरिएको क्षतिपूर्ति रकम सम्झनु पर्छ ।
-r_ “दुर्घटना” भन्नाले बाहिरी आँखाले स्पष्ट देख्न सकिने र सांघातिक माध्यमबाट हुने आकस्मिक र अप्रत्यासित घटना सम्झनु पर्छ ।
-5_ “निर्देशिका” भन्नाले दुर्घटना बीमा सम्बन्धी निर्देशिका, २०७८ सम्झनु पर्छ ।
-h_ “बस्तुगत तथ्य” भन्नाले बीमा गरिएको व्यक्तिको जोखिम बढाउन वा घटाउन सक्ने महत्वपूर्ण तथ्य सम्झनु पर्छ ।
-em_ “बीमक” भन्नाले यो बीमालेख जारी गर्ने बीमा कम्पनी सम्झनु पर्छ ।
-`_ “बीमा करार” भन्नाले प्रस्ताव फाराम, बीमालेख, तालिका, सम्पुष्टी, बीमालेखको संशोधन तालिकातथा बीमाशुल्क भुक्तानी रसिद सहित बीमालेखको रूपमा जारी गरिएको बीमक तथा बीमित वा बीमालेख धारक बीच भएको द्विपक्षीय करार सम्झनु पर्छ ।
-6_ “बीमाङ्क” भन्नाले क्षति बापत बीमकले प्रदान गर्ने तालिकामा उल्लेख गरिए अनुसारको कूल बीमा रकम सम्झनु पर्छ ।
-7_ बीमालेख” भन्नाले बीमकले जारी गर्ने दुर्घटना बीमालेख, बीमालेखको तालिका तथा सम्पुष्टी तथा बीमालेखको संशोधनको तालिकालाई एकमुष्ट रूपमा सम्झनु पर्छ ।
-8_ “बीमाशुल्क” भन्नाले बीमा गरे बापत बीमित वा बीमालेख धारकले बीमकलाई बुझाउनु पर्ने रकम सम्झनु पर्छ ।
-9_ “बीमित”भन्नाले बीमालेख अनुसार बीमा गरिएको व्यक्ति सम्झनु पर्छ ।
-0f_ “बीमालेख धारक”भन्नालेबीमालेख धारण गर्ने व्यक्ति वा सँस्था सम्झनु पर्छ ।
-t_ “मूलभूत विवरण” भन्नाले बीमा गरिएको व्यक्तिमा रहेको जोखिम तथा त्यस्तो जोखिमको मात्रा विश्लेषण गरी बीमाशुल्क निर्धारण गर्न र बीमा प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णयमा सघाउ पुर्याउन आवश्यक पर्ने महत्वपूर्ण विवरण सम्झनु पर्छ ।
-y_ “रक्षावरण” भन्नाले क्षतिको क्षतिपूर्ति प्रदान गर्नको लागि मञ्जुर गरेको अवस्था सम्झनु पर्छ ।
-b_ “समानुपातिक दर” भन्नाले एक बर्षको लागि लाग्ने बीमादरको अनुपातमा तोकिएको निश्चित अवधिका लागि लाग्ने बीमादर सम्झनु पर्छ ।
-w_ “स्थायी पूर्ण असक्तता” भन्नाले बीमित आय वा मुनाफा आर्जन गर्न वा कमाई गर्ने कुनै पनि पेशा वा व्यवसाय गर्न सधैँका लागि असमर्थ भएको अवस्था सम्झनु पर्छ र भविष्यमा निको हुने वा नहुने यकिन गर्न नसकिने अवस्थामा दुर्घटना घटेको मितिदेखि तीनसय पैंसठ्ठी दिनसम्म बीमित स्थायी पूर्ण असक्त भएमा निज सधैंका लागि स्थायी पूर्ण असक्त भएको मानिनेछ ।
-g_ “सम्पुष्टी” भन्नाले बीमित वा बीमालेख धारकको अनुरोधमा बीमालेखमा उपलब्ध भएको जोखिमको अतिरिक्त जोखिम थप गर्नको लागि बीमकसङ्ग गरिएको पूरक करार सम्झनु पर्छ ।
-k_ “हुलदंगा तथा आतंकबाद जोखिम समूह” भन्नाले हुलदंगा, हडताल, रिसइवीपूर्ण कार्य, आतंकबादी कार्य, प्रतिघात जस्ता कार्यहरू सम्झनु पर्दछ ।
-km_ “क्षति” भन्नाले कुनै घटना भै हुने क्षति हुनु, हानि नोक्सानी हुनु, विग्रनु वा नास हुनु भन्ने सम्झनु पर्छ ।
-a_ “क्षतिपूर्ति” भन्नाले बीमालेखमा उल्लेख भए अनुरूप बीमकले बीमितलाई प्रदान गर्ने दाबी बापतको रकम सम्झनु पर्छ ।
-e_ “अन्य कुनै अङ्ग भङ्ग” भन्नाले कुनैअङ्गमा दुर्घटनाबाट चोटपटक लागी सो चोटपटक लागेको अङ्गको विषयमा विशेषज्ञ चिकित्सकद्वारा प्रमाणित गरिएको पूर्ण ह्रास वा पूर्ण स्थायी क्षतिलार्इ सम्झनु पर्छ ।
-d_ “अस्थायी पूर्ण अशक्तता” भन्नाले बीमित आय वा मुनाफा आर्जन गर्ने कुनै पनि व्यवसाय वा पेशा गर्न केही समयको लागि पूर्ण रूपले असमर्थ भएको अवस्था सम्झनु पर्छ ।
-o_ “औषधोपचार खर्च” भन्नाले दुर्घटनाबाट लागेको घाउ चोटको लागि आवश्यक उपचार, उपचार सामग्री वा उपचार सेवाको लागि भुक्तानी गरिएको वास्तविक खर्च रकम सम्झनु पर्छ र सो खर्च रकम सम्बन्धित ठाँउ अनुसारको उपचार, उपचार सामाग्री वा उपचार सेवाको प्रचलित दर भन्दा बढी हुने छैन ।
-/_ “शारीरिक रूपले काम नलाग्ने” भन्नाले दुर्घटनाबाट चोटपटक लागेको अङ्गको सम्बन्धमा उक्तविषयमा विशेषज्ञता हासिल गरेको इजाजतपत्र प्राप्त चिकित्सकबाट प्रमाणित गरिएको उपयोग वा सहउपयोगको पूर्ण ह्रास वा पूर्ण स्थायी क्षतिलाई सम्झनु पर्छ र भविष्यमा निको हुने वा नहुने यकिन गर्न नसकिने अवस्थामा दुर्घटना घटेको मितिदेखि तीनसय पैंसठ्ठी दिनसम्म बीमितको अङ्ग काम नलाग्ने उक्त अङ्ग सँधैका लागि काम नलाग्ने वा अङ्ग भङ्ग भएको मानिनेछ ।
परिच्छेद-२
रक्षावरण
दुर्घटनाको कारणले भएको मृत्युःयस बीमालेख अन्तर्गत दुर्घटनाको प्रत्यक्ष कारणबाट दुर्घटना भएको १८३ दिन भित्र बीमितको मृत्यु भएमा क्षतिपूर्ति स्वरूप बीमकले शतप्रतिशत बीमाङ्क प्रदान गर्नेछ ।
पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्चः दफा ३ अनुसार बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरिरको परिवहन तथा व्यवस्थापन गर्न दश हजार रूपैंया वरावरको रकम प्रदान गर्नेछ ।
स्पष्टिकरणः यस दफाको प्रयोजनको लागि बीमकले कुनै बिल भरपाईमाग गर्ने छैन ।
काज किरिया खर्चः दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमकले बीमाङ्कको अतिरिक्त थप हुनेगरी बीमाङ्कको १० प्रतिशत वा पचास हजार रूपैंया मध्ये जुन कम हुन्छ सोही वरावरको रकम प्रदान गर्नेछ ।
स्पष्टिकरणः यस दफाको प्रयोजनको लागि बीमकले कुनै बील भरपाईमाग गर्ने छैन ।
स्थायी पूर्ण असक्तताः (१) बीमा गरिएको अवधि भित्र भएको दूर्घटनाको कारणले दूर्घटनाको मितिबाट तीनसय पैंसठ्ठी दिन भित्र बीमित स्थायी पूर्ण अशक्त भएमा बीमकले देहाय बमोजिमको क्षतिपूर्ति प्रदान गर्नेछः
-
विवरण
शोधभर्ना
(क) स्पाइनल इन्जुरीको कारण पुनः ठिक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा
(ख) कुनै एउटा हातको नाडी देखि माथि पुरै हात काम नलाग्ने भएमा
(ग) कुनै एउटा खुट्टाको गोलीगाँठो देखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा
(घ) दुवैवटा आँखा पुनः दृष्टि फर्कन नसक्ने गरी काम नलाग्ने भएमा
(ङ) पुनः श्रवणशक्ति नफर्कने गरी दुवै कान नसुन्ने भएमा
(च) पुनः बोली नफर्कने गरी बोल्न नसक्ने भएमा
बीमाङ्कको शत प्रतिशत
(छ) एउटा आँखा पुनः दृष्टि फर्कन नसक्ने गरी काम नलाग्ने भएमा
(ज) पुनः श्रवणशक्ति नफर्कने गरी एउटा कान नसुन्ने भएमा
बीमाङ्कको पचास प्रतिशत
(२) यस दफाको प्रयोजनको लागि,
(क) “हात” भन्नाले नाडि देखि माथिको पुरा हात र
(v_“v'§f” भन्नाले गोलीगाँठो भन्दा माथिको पुरा खुट्टा सम्झनु पर्छ ।
(u) “काम नलाग्ने” भन्नाले हातको नाडी भन्दा माथि वा खुट्टाको गोलीगाँठो भन्दा माथिको भाग छुट्टिनु वा शारीरिक रूपले सँधैका लागि काम नलाग्ने सम्झनु पर्छ ।
स्थायी आंशिक असक्तताः बीमा गरिएको अवधि भित्र भएको दुर्घटनाको कारणले दुर्घटनाको मितिबाट तीनसय पैंसठ्ठीदिन भित्र बीमित स्थायी आंशिक असक्त भएमा बीमकले देहाय बमोजिमको क्षतिपूर्ति प्रदान गर्नेछः
-
विवरण
शोधभर्ना
(क) कुनै एउटा हातको कुहिनो देखि माथि काँधको जोर्नी सम्मको भाग काम नलाग्ने भएमा
(ख) कुनै एउटा हातको कुहिनो देखि तल पुरै भाग काम नलाग्ने भएमा
(ग) कुनै एउटा हातको नाडी देखि तल पुरै भाग काम नलाग्ने भएमा
(घ) कुनै एउटा खुट्टाको घुँडा देखि माथि जाँघसम्मको भाग काम नलाग्ने भएमा
(ङ) कुनै एउटा खुट्टाको घुँडा देखि तल पुरै भाग काम नलाग्ने भएमा
(च) कुनै एउटा खुट्टाको गोलीगाँठो देखि तल पुरै भाग काम नलाग्ने भएमा
बीमाङ्कको पचास प्रतिशत
(5) कुनै एउटा बुढी औंला वा चोरी औंला काम नलाग्ने भएमा
(h) दुर्घटनाको कारणले स्मरणशक्ति हराएमा
बीमाङ्कको बीस प्रतिशत
(em) हात वा खुट्टाको अन्य कुनै औंला काम नलाग्ने भएमा
बीमाङ्कको दश प्रतिशत
(`) अन्य कुनै अंगमा क्षति भएमा
समानुपातिक
अस्थायी पूर्ण असक्तताःदुर्घटनाको कारणबाट बीमित अस्थायी पूर्ण असक्त भईआफ्नो पेशा व्यवसाय गर्न पूर्ण रूपमा असक्षम भएमा बीमाङ्कको सीमा भित्र रहने गरी छव्वीस हप्ता सम्म बीमकले प्रति महिना बीमाङ्कको पाँच प्रतिशत वा मासिक बीस हजार रूपैंया मध्ये जुन कम हुन आउँछ सोही वरावरको रकम उपलब्ध गराउनेछ ।
पुनश्चः यो प्रावधान बीमित कर्मचारी असक्त भई बेतलवी बिदामा बस्नुपर्ने अवस्थामा मात्र लागु हुनेछ ।
औषधी उपचारः दुर्घटनाको कारणबाट बीमितलाई औषधी उपचार गर्दा खर्च भएमा बीमकले बीमाङ्कको अतिरिक्त थप हुनेगरी रू. १ लाख सम्मको रकम बिल भरपाई अनुसार शोधभर्ना गर्नेछ ।
स्पष्टिकरणः यस दफाको प्रयोजनको औषधी उपचार गराउने अस्पताललाई नगद रहित प्रणाली मार्फत सिधै भुक्तानी गर्न सकिने रहेछ भने बीमकले सोही अनुसार सिधै भुक्तानी गर्न सक्नेछ ।
परिच्छेद-३
अपवाद
देहायको कुनै कारणबाट भएको क्षतिः यस बीमालेखमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि बीमकले देहायका जोखिमको कारणले भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्नेछैनः
जानी जानी आफैंले लगाएको चोट,
आत्महत्या वा आत्महत्याको प्रयासको कारणले भएको दुर्घटना,
मादक पदार्थ वा लागू औषधीको प्रभावको कारणबाट भएको दुर्घटना,
प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवार्इ जहाजमा यात्रीको रूपमा यात्रा गरेकोमा बाहेक अन्य उडानमा यात्रा गरेको कारणले भएको दुर्घटना,
कावा खाने खेल (व्हील रेश), घोडदौड, बन्जी जम्पिङ्ग, प्यारा ग्लाइडिङ्ग वा मोटरसाइकल दौडको कारणले भएको दुर्घटना, पोलो, शिकार, स्कुवा ड्राइभिङ्ग,पर्वतारोहण, निशानबाजीको कारणले भएको दुर्घटना,
तर, यस खण्डमा उल्लेख भएका जोखिमहरू बीमितको इच्छानुसार सम्पुष्टी जारी गरी थप बीमाशुल्क समेत लिएर रक्षावरण गर्न सकिनेछ ।
पागलपन वा मानसिक सन्तुलनको कारणले भएको दुर्घटना,
बीमितबाट कुनै प्रचलित कानून भंग गरेको परिणामबाट भएको दुर्घटना,
दुर्घटनाबाट नभर्इ उद्वेग वा स्नायु सम्बन्धी चोट,
मानव जीवन रक्षा गर्ने प्रयास गर्दा बाहेक नचाहिदो खतरा मोल्दा भएको दुर्घटना ।
युद्ध वा युद्ध सरहको अवस्थाः सैनिक विद्रोह शक्ति अपहरण, घेरावन्दी वा युद्ध, अतिक्रमण, बिदेशी सैन्य कारवाही (युद्ध घोषणा भएको होस् वा नहोस्) गृह युद्ध, राजद्रोह, क्रान्ति, सत्ता विप्लव, सैनिक विद्रोहको कारणबाट भएको दुर्घटनाको कारणले भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने छैन ।
विकिरणयुक्त पदार्थ तथा आणविक, रसायनिक तथा जैविक हतियारः (१) विकीरणयुक्त पदार्थ वा विकिरणयुक्त फोहोरको संसर्ग् (कन्टामिनेसन) बाट वा रेडियोधर्मिता (स्वतः जारी रहने अणुको बिच्छेदनको ज्वलन समेत) को सक्रियताको संसर्गबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले हुने कुनै दुर्घटनाबाट क्षति भएमा बीमकले क्षतिपूर्ति प्रदान गर्ने छैन ।
(२) आणविक, रासयनिक तथा जैविक आम विनासकारी हात-हतियारको प्रयोग वा सोसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको कारणबाट भएको दुर्घटनाबाट क्षति भएमा बीमकले क्षतिपूर्ति प्रदान गर्ने छैन ।
परिच्छेद-४
शर्तहरू
प्रस्ताव र स्वीकृतिः (१) बीमालेख जारी गर्नु अघि बीमितले प्रस्ताव फाराम पूर्ण रूपमा भरी बीमकलार्इ बुझाउनु पर्नेछ ।
(२) प्रस्ताव फाराममा उल्लेख भएको विवरणमा फरक पारी बीमालेख जारी हुनेछैन ।
(३) बीमकले बीमा अवधि समाप्त हुनु अगावै बीमा अवधि समाप्त हुन लागेको सूचना बीमितवा बीमालेख धारकलार्इ दिन सक्नेछ ।
बीमाशुल्क गणनाःबीमाशुल्क गणना गर्दा दुर्घटनाः aLdf ;DaGwLनिर्देशिका अनुसार गरिनेछ ।
बीमाशुल्क भुक्तानीः(१)बीमकको तर्फबाट सहिछाप भएको रसिद जारी नभएसम्म बीमाशुल्क भुक्तानी भएको मानिने छैन ।
अर्थ लगाउनु पर्नेः (१) बीमालेख सहित बीमा प्रस्ताव, फाराम, तालिका, सम्पुष्टि, बीमा संशोधन तालिका तथा बीमाशुल्क भुक्तानी रसिदलार्इ एकमुष्ठ बीमा करार वा बीमालेखको रूपमा बुझ्नु वा पढ्नु पर्नेछ र तिनलार्इ अलग्गै पढ्न, बुझ्न वा टुक्र्याएर बीमालेखको अर्थ लगाउन पार्इने छैन ।
(२) यस बीमालेखमा प्रयोग गरिएका विशेष शब्द तथा बाक्यहरू जहाँ जुन आशयका साथ प्रयोग गरिएको छ, सोही अनुरूपकै अर्थ लगाउनु पर्नेछ ।
(३) यस बीमालेखमा प्रयोग भएका मुख्य तथा बीमासंग सम्बन्धित प्राविधिक शब्दालवलीको अर्थ परिभाषा खण्डमा उल्लेख भए बमोजिम हुनेछ ।
झुठ्ठा विवरणःदेहायको अवस्थामा बीमितवा बीमालेख धारकले झुठ्ठा विवरण दिएको मानिनेछः
बीमितको बारेमा बीमित वा बीमालेख धारकले आफुलार्इ जानकारी भएको विषयमा मूलभूत विवरण दिँदा झुठ्ठा विवरण दिएमा, वा
जोखिम विश्लेषण गर्न आवश्यक पर्ने वास्तविकता लुकार्इ झुठ्ठा कुरा उल्लेख गरेमा, वा
वास्तविकता उल्लेख गर्दा कुनै वस्तुगत तथ्य (म्याटेरियल फ्याक्ट) उल्लेख नगरेमा ।
दाबी भुक्तानी नहुने अवस्थाःदेहायको कुनै अवस्था उत्पन्न भएमा बीमितले यस बीमालेख अन्तर्गत दाबी वापतको क्षतिपूर्ति पाउने छैनः
दावी जालसाजीपूर्ण भएमा, वा
दावीको सिलसिलामा बीमालेख धारक वा बीमित वा निजको तर्फबाट कार्य गर्ने व्यक्तिले झुठ्ठा वयान दिर्इ कुनै अनुचित लाभ उठाउन खोजेमा, वा
बीमा ऐन, २०४९ बमोजिम बीमा समितिले बीमकको पक्षमा फैसला गरको पैंतीस (३५) दिन भित्र उच्च अदालतमा उजुरी नगरेमा,
तर, दावी भुक्तानी रकम दिन अस्वीकार गर्नु अघि बीमकले उल्लेखित तथ्यहरू प्रमाणित गर्नु पर्नेछ ।
(ङ) दफा १७ बमोजिम झुठ्ठा विवरण दिएमा ।
खारेजीः (१) देहायको अवस्थामा बीमालेख स्वतः खारेज हुनेछः
(क) बीमितले बीमालेख खारेज गर्न अनुरोध गरेमा,
(ख) बीमा समितिले कारण सहित बीमालेख खारेज गर्न निर्देशन दिएमा,
(ग) बीमितवा बीमालेख धारकले झुठ्ठा बीमा गराएको प्रमाणित भएमा ।
(२) यदि बीमितवा बीमालेख धारकको लिखित अनुरोधमा बीमालेख खारेज गर्नु परेको अवस्थामा बीमितलार्इ बहाल रहेको अवधिको लागि छोटो अवधिको लाग्ने बीमादर अनुसारको बीमाशुल्क लिर्इ बाँकी बीमाशुल्क फिर्ता दिनु पर्नेछ ।
तर, बीमालेख खारेज हुनु अघि दावी परिसकेको रहेछ भने बीमाशुल्क फिर्ता हुने छैन ।
(३) यदि बीमक आफैले बीमालेख खारेज गर्नु परेको खण्डमा बीमितलार्इ पन्ध्र (१५) दिनको पूर्व जानकारी दिनु पर्नेछ र बाँकी बीमा अवधिको लागि समानुपातिक दरमा बीमाशुल्क फिर्ता गर्नु पर्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निर्माणमा संलग्न मजदुरको सामूहिक बीमा बीमित वा बीमालेख धारकको अनुरोधमा खारेज गर्न पाइने छैन ।
दाबीः(१) बीमकले बीमाङ्क रकम भन्दा बढी हुने गरी दावी भुक्तानी गर्ने छैन ।
(२) यस बीमालेखको अपवादमा उल्लेख गरिए बाहेकको कुनै घटना घटी दुर्घटनाबाट क्षति भएमा बीमित वा बीमालेख धारकले तत्काल देहायका कुराहरू गर्नुपर्नेछः
(क) बीमितलाई तत्काल स्वास्थ्य चौकी वा अस्पताल वा कुनै पनि स्वास्थ्य सँस्थामा लैजाने
(ख) दुर्घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणको प्रयास गर्ने ,
(ख) प्रहरी कार्यलयमा खबर गर्ने,
(३) यस बीमालेख अन्तर्गत दावी योग्य कुनै दुर्घटना भएमा त्यस्तो दुर्घटना घटेको पैंतीस (३५) दिनभित्र बीमकलाई जानकारी गराउनु पर्नेछ र सोही अवधि वा बीमकले दिएको थप अवधिभित्र बीमित वा बीमालेख धारकले बीमकलार्इ देहायका कागजात उपलब्ध गराउनु पर्नेछः
-
(क)
दुर्घटनाबाट बीमितको मृत्यु भएमा
मृत्युको कारण स्पष्ट खुल्ने कागजात
शव परीक्षण गरिएको भए शव परीक्षण (पोष्टमार्टम) प्रतिवेदन
अस्पताल भर्ना भएको भए अस्पताल भर्ना भएको र डिस्चार्ज भएको प्रमाण
प्रहरी कार्यालयमा खवर गरेको भएमा प्रहरी प्रतिवेदन
दावीको सत्यता जाहेर गर्ने कागजात, दावीको सम्बन्धमा बीमकलार्इ आवश्यक पर्ने बयान जस्ता प्रमाण, मुचुल्का, सनाखत लगायत दाबी उत्पन्न हुने घटनाबारे बीमकलार्इ आवश्यक पर्ने सम्पूर्ण विवरण तथा जानकारी
(ख)
दुर्घटनाबाट बीमित असक्त भएमा
असक्त भएको प्रमाण
अस्पताल भर्ना भएको, औषधी उपचार गरेको, जाँच गराएको प्रमाण, मेडिकल रिपोर्ट र डिस्चार्ज भएको प्रमाण
(ग)
दुर्घटनाबाट बीमित घाइते भएमा
औषधी उपचार गरेको, जाँच गराएको प्रमाण, मेडिकल रिपोर्ट,
(४) बीमित, बीमितको प्रतिनिधि तथा बीमालेख धारकले बीमकलाई बीमा दाबी सम्बन्धमा सहयोग उपलब्ध गराउनु पर्नेछ ।
(५) एक भन्दा बढी बीमकमा दुर्घटना बीमा गरिएको भए सोको विवरण उपलब्ध गराउनु पर्नेछ ।
(६) बीमकले बीमितको दुर्घटनाबाट क्षति भएको जानकारी प्राप्त गरेमा बीमितको दावी प्रक्रियामा बीमित वा बीमितको सम्बन्धित व्यक्तिलार्इ सहयोग गर्नेछ ।
(७) बीमित वा बीमालेख धारकबाट पूरा कागजात प्राप्त भएको बढीमा पैंतीस दिन भित्र बीमकले बीमा दाबी भुक्तानी गर्नेछ ।
चिकित्सकबाट प्रमाणित गर्नु पर्नेःबीमित स्थायी वा अस्थायी पूर्ण असक्त भएको कुरा मान्यताप्राप्त चिकित्सकबाट प्रमाणित हुनु पर्नेछ ।
दाबी गर्न नपाउनेः (१) यस बीमालेख अन्तर्गत दुईहजार पाँच सय रूपैंया भन्दा कम रकम दाबी गर्न पाइने छैन ।
(२) बीमितको एक भन्दा बढी बीमकबाट दुर्घटना बीमा गरिएको रहेछ वा भने देहाय बमोजिमको सुविधा एक भन्दा बढी बीमकबाट दाबी गर्न पाइने छैनः
(क) शव व्यवस्थापन खर्च
(ख) काज किरिया खर्च
(ग) औषधोपचार बापतको रकम
(घ) आयको नोक्सानी बापत पाउने मासिक रकम
शर्त पालना गर्नुपर्नेः: बीमक तथा बीमित वा बीमालेख धारकले यस बीमालेखमा उल्लेख भएका सम्पूर्ण शर्तहरू पालना गर्नु पर्नेछ ।
बीमकको दायित्व:(१) बीमकलेपूरा बीमाशुल्क प्राप्त गरेपछि मात्र बीमालेख जारी गर्नुगर्नेछ ।
(२) बीमकले आफु समक्ष परेको बीमा दावीको तत्काल छानविन गरी दावी भुक्तानी गर्ने व्यवस्था गर्नु पर्नेछ ।
(३) बीमकले बीमा दाबी सम्बन्धमा बीमितलाईआवश्यक सहयोग गर्नु पर्नेछ ।
समय सीमाः बीमालेखको अवधि समाप्त हुने भनी उल्लेख भएको मितिमा मध्यरात बाह्र बजे बीमालेख समाप्त हुनेछ ।
विवाद समाधानः (१) देहाको कुनै अवस्था आइपरेमा बीमितले विस्तृत विवरण खुलार्इ बीमा समितिमा उजुरी गर्न सक्नेछः
(क) बीमकले दावी वापतको निवेदन अस्वीकार गरेमा,
(ख) बीमकले दावी वापतको रकम दिन अस्वीकार गरेमा, वा
(ग) बीमकले बीमितलार्इ दिन आँटेको दावी बापतको रकम कम भएको भन्ने बीमितवा बीमालेख धारकलार्इ लागेमा, वा
(घ) बीमित वा बीमालेख धारक बाहेक अन्य पक्षलार्इ दाबी वापतको रकम भुक्तानी गर्न आँटेमा वा भुक्तानी गरेमा, र
(ङ) बीमा तथा दाबी सम्बन्धमा अन्य कुनै विवाद उत्पन्न भएमा ।
(२) बीमा समितिले बीमकको पक्षमा दिएको निर्णय चित्त नबुझेमा निर्णय प्राप्त भएको पैंतीस (३५) दिन भित्र बीमितवा बीमालेख धारकले उच्च अदालतमा पुनरावेदनका लागि उजुरी दिन सक्नेछ ।
लिखितः (१) बीमक तथा बीमित वा बीमालेख धारकबीच हुने कुनै पनि सूचना, पत्र, लेखापढी लिखित हुनेछ ।
(२) बीमालेखको एक प्रति बीमितवा बीमालेख धारकलार्इ दिइनेछ ।
(३) बीमितवा बीमालेख धारकले बीमालेख प्राप्त गरेको प्रमाण बीमकले बीमालेखको आफ्नो प्रतिसंगै सुरक्षित रूपमा राख्नेछ ।