dodig.mil/hotline
ठेकेदारका जिम्मेवारीहरू
संयुक्त राज्य अमेरिकाले मानव तस्करीविरूद्ध पूर्ण बन्देजको नीति लिएको छ । सबै अमेरिकी ठेक्काहरूका ठेकेदार, उप-ठेकेदार, र तिनका कर्मचारीहरूलाई निम्न बन्देजका लागि अनिवार्य गरिन्छः
ठेक्का लिएको काम चलिरहेका बेला गम्भीर खालको मानव तस्करीमा आफूलाई संलग्न गराउनु
ठेक्काको काम अवधिमा व्यापारिक रूपमा शरीर बेच्ने कुनै काम गराउनु
ठेक्का लिएको कामका लागि बँधुवा श्रमिक प्रयोग गर्नु
काम गर्ने व्यक्तिलाई उनको परिचय खुल्ने कागजात वा अध्यागमनसम्बन्धी प्रमाणपत्रहरू नष्ट गर्नु, लुकाउनु, खोस्नु, वा त्यस्ता कागजातमा उनले चाहँदा पहुँच हुन नदिनु
रोजगार व्यक्ति भर्ती गराउँदा वा रोजगारीका लागि प्रस्ताव गर्दा भ्रामक वा कपटपूर्ण नियम लगाउनु
जुन देशमा कामदार भर्ती गराइँदैछ, त्यो देशको स्थानीय श्रम कानुन पालना नगर्ने भर्तीकर्ता प्रयोग गर्नु
काममा लगाउँदा भर्ती शुल्क तिराउन
यदि दुर्व्यवहार भइरहेको छ भने अमेरिका रक्षा मन्त्रालयका इन्स्पेक्टर जनरलको यी सीधा फोनमा सम्पर्क गर्नुहोस्:
१-८००-४२४-९०९८
वा
xxxxx.xxx/xxxxxxx
श्रमिकका अधिकारहरू
समुद्रपारका अमेरिकी संस्थापनहरूमा काम गरिरहेका कामदारहरूका निम्नलगायत अधिकार हुन्छन्:
आफ्नो राहदानी वा परिचय खुल्ने अन्य कागजात आफैं राख्न पाउनु ।
सहमतिअनुसारको पारिश्रमिक समयमा पाउनु ।
दिउँसोको खाना खान र कामका बीचमा छोटा विश्राम गर्न पाउनु ।
कुनै पनि बेला जागिर छाड्न पाउनु ।
बदलाको डर नभइ अन्यायको भएको थाहा पाउन पाउनु ।
रोजागारीको सम्झौताको प्रतिलिपि श्रमिकले बुझ्ने भाषामा राख्न पाउनु ।
यदि आवासको बन्दोबस्त गरियो भने, जिम्मेवार देशको आवास तथा सुरक्षाले मापदण्ड पूरा गरेका आवासमा बस्न पाउनु ।
मानव तस्करीको शंका लागेमा अमेरिका रक्षा मन्त्रालयका इन्स्पेक्टर जनरलको यी सीधा फोनमा उजुरी गर्नुहोस्:
१-८००-४२४-९०९८ वा xxxxx.xxx/xxxxxxx.
सातै दिन २४ घन्टे सहायताका लागि, राष्ट्रिय मानव तस्करी श्रोत केन्द्र (National Human Trafficking Resource Center) को फोन १-८८८-३७३-७८८८ मा सम्पर्क गर्नुहोस् ।
राष्ट्रिय मानव तस्करी श्रोत केन्द्र (NHTRC) राष्ट्रिय स्तरको हो, जहाँ फोन गर्ने व्यक्तिको खर्च नपर्ने गरी देशको कुनै ठाउँबाट फोन गर्दा दिनको २४ घन्टा, हप्ताको ७ दिन, र वर्षका हरेक दिन जवाफ दिने सेवा उपलब्ध छ । यो केन्द्र कानुन कार्यान्वयन गर्ने वा अध्यागमनसम्बन्धी कार्यालय होइन, र यो गैर-सरकारी संस्थाबाट सञ्चालित छ ।
उल्लंघन गर्नेले सबै अमेरिकी सरकारसँग व्यापार गुमाउनेसहितको गम्भीर परिणामहरू सामना गर्नुपर्छ
सबै
श्रमिकलाई
निष्पक्ष
व्यवहार
यदि तपाईंको संस्थाले अमेरिकाको लगानीको प्रतिरक्षा ठेक्का पाएको छ भने तपाईंले तपाईंका कामदारलाई अमेरिकी कानुन तथा नियमबमोजिम व्यवहार गरेको निश्चित गर्नुपर्छ ।
अमेरिकाबाहिर अमेरिकी संस्थापनलाई सहायता
U.S. Department
Of Defense
परिचय
श्रमिकलाई दुर्व्यवहारबाट रोकथाम
दुर्व्यवहारकर्ताविरूद्ध उपायहरू
कुनै पनि अमेरिकाको आकस्मिक सेवा-कार्वाही - त्यो सैन्य संलग्नताको होस् वा प्राकृतिक विपत्ति परेका बेलाको सहायतामा होस् - त्यसको ठेक्का सहायताको गुणस्तरमा निर्भर हुन्छ । सबै अमेरिकी रक्षा मन्त्रालयका निकायहरूले महत्वपूर्ण सेवाहरू दिलाउन ठेकेदारहरूको प्रयोग गर्छन् । जब समुद्रपारी कुनै आकस्मिक अवस्था आइपर्छ भने अमेरिका त्यस्तो कामका लागि सेवा दिलाउन सीधै वा उप-ठेक्कामार्फत प्रायःजसो स्थानीय कम्पनीहरूमा भर पर्छ । यी लगानी पाउन, स्थानीय कम्पनीहरूले ठेक्काका नियम तथा शर्तहरू पालना गरेकै हुनुपर्छ ।
मानव तस्करीविरूद्ध मुकाबला गर्ने प्रतिबद्धता कुनै पनि अमेरिकी रक्षा मन्त्रालयको सम्झौताको अनिवार्य आवश्यकता हो । यसको अर्थ जुन संस्थाले अमेरिकी लगानी प्राप्त गर्छ, यदि ती संस्थाले बलजफ्ती, धोका दिएर वा दबावमा रोजगारमा लगाउँछन् वा रोजगारका दौरान यौन-सम्पर्कका लागि जवर्जस्ती गर्छन् भने ती संस्थाले गम्भीर परिणामहरूको सामना गर्नुपर्छ । मानव तस्करी आधुनिक युगको दास-प्रथा हो, जो पूर्ण निषिद्ध छ ।
यदि तपाईंलाई पीडितको भर्ती, आश्रय, विधि-प्रक्रिया र स्थापित गर्ने जस्ता कुनै अवस्थाबारे थाहा छ भने तत्काल तपाईंका ठेकेदारसम्बन्धी अधिकारी, जो यस्ता ठेक्काका लागि अमेरिकी सरकारका अधिकारी xxxxxxxxx छन्, लाई यसको जानकारी दिनुहोस् ।
दुर्व्यवहारबाट बचाउन ठोस अमेरिकी निरिक्षणहरू
अमेरिकी रक्षा मन्त्रालय (DoD) का ठेक्काहरूको कार्य-सम्पादन ठेक्कासम्बन्धी अधिकारीका प्रतिनिधि (CORs) ले निरिक्षण गर्छन्, जसले सेवा दिइरहेका सैन्य संस्थापन गरिएका स्थानमा मन्त्रालयका 'आँखा र कान' का रूपमा काम गर्छन् । ती प्रतिनिधिहरूले स्थलमै मानव दुर्व्यवहार भएका संकेतहरू थाहा पाउन सघाउ पुग्ने विषयका तालिम पाएका हुन्छन् । कुनै निष्कर्ष फेला परे यथोचित कार्वाहीका लागि ठेक्कासम्बन्धी अधिकारीसमक्ष उजुरी गरिनेछ ।
अमेरिकी सैन्य संस्थापन भएका स्थानहरूको भ्रमण गरेर मन्त्रालयका इन्स्पेक्टर जनरलले रक्षा मन्त्रालयका ठेक्काहरूले 'मानव तस्करी पीडित रक्षा ऐन' (Trafficking Victims Protection Act) पालना भए/नभएको समय-समयमा मूल्याङ्कन गर्छन् । मानव तस्करी भएको शंका लागे उजुरीका लागि रक्षा मन्त्रालयको सीधा सम्पर्क गर्ने फोन उपलब्ध छः
अमेरिकी रक्षा मन्त्रालयको सीधा सम्पर्कको वेबसाइटः
xxxxx.xxx/xxxxxxx
अमेरिकी रक्षा मन्त्रालयको सीधा सम्पर्क फोनः
अमेरिकी संस्थापनबाट डिएसएन पहुँच (सम्पर्क):
00-000-000-0000
अमेरिकाभित्रः
000-000-0000 (फोन गर्ने व्यक्तिको खर्च नपर्ने) वा
000-000-0000
अमेरिकाबाहिरः
00-0-000-000-0000
कम्पनीको स्व-उजुरी
कम्पनीहरू मानव अधिकार उल्लंघनमा प्रतिबन्ध लगाउनुपर्छ, उल्लंघन कर्मचारीलाई रोजगारीबाट हटाउनुपर्छ, र ठेक्कासम्बन्धी अमेरिकी अधिकारीलाई त्यस्तो दुर्व्यवहारबारे उजुरी गर्नुपर्छ । आफैं-सुध्रनाले तपाईंले आफूलाई गम्भीर परिणामहरू सामना गर्ने अवस्थाबाट बचाउन सक्नुहुन्छ । यदि अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको ठेक्कामा दुर्व्यवहार भएको छ भने निम्नलगायत गम्भीर सजायको संभावना हुन्छः
प्रशासनिक कारवाही::
कर्मचारी हटाउने आदेश
उप-ठेक्का रद्द गर्ने आदेश
ठेक्काको खारेजी
अमेरिकी सरकारसँगको व्यवसायका लागि तपाईंलाई निलम्बन वा बन्देज सूचीमा दर्ता, अयोग्य ठहर
कानुनी कारवाहीः:
आर्थिक जरिवाना
– कारागार समय
उल्लंघनको निष्कर्षका लागि अमेरिकी निकायलाई कुर्नु पर्दैन । निषिद्ध गरिएका यस्ता काम-कार्वाहीबारे उजुरी गर्नुहोस्:
Ver 1.2, Pub 09/14
ऋण बन्धक
इच्छाविरूद्धको दासता
शरीर बेच्ने काम
xxx-xxxx प्रथा