सम्झौतामा उल्लेख भएका बाहेक सिर्जनातमक तथा नव प्रवतनात्मक(Innovative )कार्यहरु समेत सम्पादन गर्न प्रोत्साहित गरिनेछ। २.२. गुणस्तरिय प्रयोगशाला (अन्तराष्ट्रिय मान्यता प्राप्त ) को निर्माण एवं Reference Lab को रुपमा सन्चालन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय,कृषि विभाग अन्तर्गत केन्द्रिय कृषि प्रयोगशालाको कार्यविवरण बमोजिमका कार्यक्रमहरुलाई नतिजामुलक,प्रभावकारी र व्यवस्थित गर्न,कार्य जिम्मेवारी र दायित्व स्पष्ट गर्न,जवाफदेहिता प्रवद्धन गर्न,केन्द्रिय कृषि प्रयोगशालको कार्य सम्पादनमा नव प्रवर्तन र सिर्जनशिलता अभिवृद्धि गर्न तथा प्रयोगशालाको जिम्वारीमा रहेका नीति तथा कार्यक्रम र वार्षिक बजेटमा उल्लेखित कार्यहरु तोकिएको समय भित्र सम्पन्न गराउन यस कृषि विभागका महानिर्देक(रा.प.प्र.प्रा.) र केन्द्रिय कृषि प्रयोगशालाका प्रमुख बिच देहाएका कार्यशर्त र सुचकहरु राखी निजामती सेवा एन,२०४९ को दफा १५ को (२) एवंनिजामती सेवा नियमावली,2050 को नियम ३४(ख) तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, 2064 को दपा 19 बमोजिम यो कार्य सम्पादन सम्झौता गरिएको छ ।
देहायः-
यस सम्झौताको अवधि 2076 साल श्रवण 1 देखि 2077 साल असार मसान्त सम्म एक आर्तिक वर्षको रहने छ।
यसै साथ संलग्न कार्य सम्पादन सूचकहरु(वार्षिक कार्यक्रम )को आधारमा कार्य सम्पादनको अवस्था पहिचान हुनेछ।
स्विकृत वार्षिक कार्यक्रमको 90 प्रतिशत कार्य सम्पन्न गर्नु पर्ने छ । कार्य सम्पादन प्रगतिलाई कार्य सम्पादन मूल्याङ्कन संग आवद्ध गरिने छ ।
यसै साथ सम्लग्न सुचकहरु बमोजिम आफुले गरेको कार्यहरु चौमासिक रुपमा र आर्थिक वर्ष समाप्त भएको 7 (सात) दिन भित्र सचिव समक्ष कार्य सम्पादन समुझौता स्वःमूल्याङ्कन प्रतिवेदन बुझाउनु पर्ने छ।
यसै साथ सम्लग्न सुचकहरु बमोजिम आफुले गरेको कार्यहरु चौमासिक रुपमा सम्पादन हुन नसकेमा त्यसको औचित्य र कारण सहित मन्त्रालयमा पेश गर्नु पर्ने छ ।
सम्झौतामा उल्लेख भएका बाहेक सिर्जनातमक तथा नव प्रवतनात्मक(Innovative )कार्यहरु समेत सम्पादन गर्न प्रोत्साहित गरिनेछ।
कार्य सम्पादन सम्झौता अवधिमा अन्यत्र वा जिम्वारी हेरफेर भएमा नयाँ वहाल हुने कर्मचारीलाई केन्द्रको कार्य सम्पादन प्रगती अवस्था,कार्य प्रक्रिया बारेमा विस्तृत जानकारी सहित महत्वपुर्ण काजजातहरु हस्तानतरण गर्नु पर्ने छ ।सम्झतामा उल्लेख भए अनुसारका बाँकी कार्यहरु सन्चालन गर्ने दायित्व नयाँ वहाल हुने कर्मचारीको हुने छ ।
बेरुजु फछर्योट गर्ने कार्यलाई उच्च प्रार्थमिकतामा राख्नु पर्दछ ।(कम्तिमा 45 प्रतिशत बेरुजु फछर्योट भएको हुनु पर्ने छ ) ।
यस सम्झौतामा समावेश नभएका तर तत्काल कार्य सम्पादन गर्नु पर्ने अन्य कार्यहरु मन्त्रालयको सचिवबाट निर्देशन भए अनुसार सम्पादन गर्नु पर्ने छ ।
.......................... .............................
xxxxxx xxx xxxxxx xxxxx xxxxxx xxxxx
प्रमुख महानिर्देशक
केन्द्रिय कृषि प्रयोगशाला,हरिहरभवन,ललितपुर। कृषि विभाग,हरिहरभवन, ललितपुर।
केन्द्रिय कृषि प्रयोशालाबाट सम्पादन हुने कार्यलाई व्यवस्थित, प्रभावकारी, विश्वसनीय,जवाफदेही र परिमाणमुखि बनाउन
आ.व. २०७६/77 को कार्य सम्पादन संझौता
xxxxxx xxx xxxxxx
प्रमुख
केन्द्रय कृषि प्रयोगशाला (माटो,विउ र बाली संरक्षण )
हरिहरभवन,ललितपुर ।
१.पृष्ठभूमी
तत्कालीन अवस्थामा नेपाल सरकारको २०४९, २०५२ र २०६१ को संगठानात्मक सुधार संगै कृषि विभाग अन्तर्गत स्थापित माटो ब्यवस्थापन निर्देशनालय, बाली संरक्षण निर्देशनालय र विउविजन गुणस्तर नियन्त्रण केन्द्र अन्तर्गत रहेको विउ विजन प्रयोगशाला गाभिएर नेपालको संविधान २०७२ ले निर्दिष्ट गरे अनुरुप राज्य पुनःसंरचना संगै हालै वि.सं. २०७५ सालमा यस केन्द्रीय कृषि प्रयोगशालाको स्थापना भएको हो।यस प्रयोगशालालाइ राष्ट्रियस्तरमा प्रयोगशाला स्थापना एवं सन्चालनको मापदण्ड तर्जुमा, नियमनकारी मान्यताप्रदायक निकाय तथा रेफ्रेन्स प्रयोगशालाका रुपमा विकास गर्ने उद्धेश्यका साथ ललितपुरको हरिहरभवनमा साविकको माटो ब्यवस्थापन निर्देशनालयमा केन्द्रीय कार्यालय र हरिहरभवन अवस्थित साविकका प्रयोगशालाहरु रहेका स्थानहरुबाटै प्रयोगशाला संचालन हुनेगरी स्थापना भएको छ ।
२.उद्धेश्य
यस प्रयोगशालाका निम्न बमोजिम उद्धश्यहरु रहेका छन ।
२.१. कृषि क्षेत्रको प्रयोगशाला सम्बन्धि नीति निर्माणमा सहयोग, नीति कार्यान्वयन, अनुगमन,नियमन एवं प्राविधिक सेवा प्रदान ।
२.२. गुणस्तरिय प्रयोगशाला (अन्तराष्ट्रिय मान्यता प्राप्त ) को निर्माण एवं Reference Lab को रुपमा सन्चालन ।
२.३. खाद्य तथा पोषण सुरक्षामा प्रयोशालाको तर्फबाट टेवा पुर्याउने ।
३. रणनीतिहरु
३.1.1. नीति निर्माण एवं कार्यान्वयनमा वहु सरोकारवाला संग समन्वय ।
3.1.2. राष्ट्रिय एवं अन्तराष्ट्रिय मापदण्डको आधारमा अनुगमन एवं नियमन ।
3.2. अन्तराष्ट्रिय एवं देशका अन्य प्रयोगशाला संग समन्वय गरि प्रयोगशाला सन्चालन।
3.3. खाद्य तथा पोषण सुरक्षाका वहु सरोकारवाला संग कार्यगत समन्वय ।
४. कार्यगत विवरण
4.1. राष्ट्रियस्तरमा प्रयोगशाला स्थापना एवं सन्चालनको मापदण्ड निर्धारण।
4.2. निजी तथा गैर सरकारी क्षेत्रवाट सन्चालित प्रयोगशालाहरुको स्तर निर्धारण।
4.3. समकक्षीकरण,प्रमाणीकरण तथा मान्यता प्रदायक निकायको रुपमा कार्य गर्ने।
4.5. अन्तर्रा्ष्ट्रिय प्रत्यायन सम्वन्धी कार्यहरु।
4.6. सरकारी, निजी तथा गैरसरकारी क्षेत्रवाट सन्चालित प्रयोगशालाहरुको अनुगमन तथा नियमन।
4.7. प्राङ्गारिक कृषि सम्वन्धि कार्यमा सहयोग एवं कार्यान्वयन गर्ने ।
५. लक्ष्य हासिल गर्नका लागि कार्य सम्पादन गर्न आवश्यक पर्ने जनशक्ति
६. अनुमन तथा मूल्याङ्कन
6.1. मासिक,चौमासिक एवं वार्षिक कार्यको नियमित अनुगमन ।
6.2. कार्यविवरणको आधारमा कर्मचारीहरुको नियमित अनुगमन ।