बीमा करार को परिभाषा

बीमा करार. भन्नाले प्रस्ताव फाराम, बीमालेख, तालिका, सम्पुष्टी, बीमालेखको संशोधन तालिकातथा बीमाशुल्क भुक्तानी रसिद सहित बीमालेखको रूपमा जारी गरिएको बीमक तथा बीमित वा बीमालेख धारक बीच भएको द्विपक्षीय करार सम्झनु पर्छ । -6_ “बीमाङ्क” भन्नाले क्षति बापत बीमकले प्रदान गर्ने तालिकामा उल्लेख गरिए अनुसारको कूल बीमा रकम सम्झनु पर्छ । -7_ बीमालेख” भन्नाले बीमकले जारी गर्ने दुर्घटना बीमालेख, बीमालेखको तालिका तथा सम्पुष्टी तथा बीमालेखको संशोधनको तालिकालाई एकमुष्ट रूपमा सम्झनु पर्छ । -8_ “बीमाशुल्क” भन्नाले बीमा गरे बापत बीमित वा बीमालेख धारकले बीमकलाई बुझाउनु पर्ने रकम सम्झनु पर्छ । -9_ “बीमित”भन्नाले बीमालेख अनुसार बीमा गरिएको व्यक्ति सम्झनु पर्छ । -0f_ “बीमालेख धारक”भन्नालेबीमालेख धारण गर्ने व्यक्ति वा सँस्था सम्झनु पर्छ । -t_ “मूलभूत विवरण” भन्नाले बीमा गरिएको व्यक्तिमा रहेको जोखिम तथा त्यस्तो जोखिमको मात्रा विश्लेषण गरी बीमाशुल्क निर्धारण गर्न र बीमा प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णयमा सघाउ पुर्याउन आवश्यक पर्ने महत्वपूर्ण विवरण सम्झनु पर्छ । -y_ “रक्षावरण” भन्नाले क्षतिको क्षतिपूर्ति प्रदान गर्नको लागि मञ्जुर गरेको अवस्था सम्झनु पर्छ । -b_ “समानुपातिक दर” भन्नाले एक बर्षको लागि लाग्ने बीमादरको अनुपातमा तोकिएको निश्चित अवधिका लागि लाग्ने बीमादर सम्झनु पर्छ । -w_ “स्थायी पूर्ण असक्तता” भन्नाले बीमित आय वा मुनाफा आर्जन गर्न वा कमाई गर्ने कुनै पनि पेशा वा व्यवसाय गर्न सधैँका लागि असमर्थ भएको अवस्था सम्झनु पर्छ र भविष्यमा निको हुने वा नहुने यकिन गर्न नसकिने अवस्थामा दुर्घटना घटेको मितिदेखि तीनसय पैंसठ्ठी दिनसम्म बीमित स्थायी पूर्ण असक्त भएमा निज सधैंका लागि स्थायी पूर्ण असक्त भएको मानिनेछ । -g_ “सम्पुष्टी” भन्नाले बीमित वा बीमालेख धारकको अनुरोधमा बीमालेखमा उपलब्ध भएको जोखिमको अतिरिक्त जोखिम थप गर्नको लागि बीमकसङ्ग गरिएको पूरक करार सम्झनु पर्छ । -k_ “हुलदंगा तथा आतंकबाद जोखिम समूह” भन्नाले हुलदंगा, हडताल, रिसइवीपूर्ण कार्य, आतंकबादी कार्य, प्रतिघात जस्ता कार्यहरू सम्झनु पर्दछ । -km_ “क्षति” भन्नाले कुनै घटना भै हुने क्षति हुनु, हानि नोक्सानी हुनु, विग्रनु वा नास हुनु भन्ने सम्झनु पर्छ । -a_ “क्षतिपूर्ति” भन्नाले बीमालेखमा उल्लेख भए अनुरूप बीमकले बीमितलाई प्रदान गर्ने दाबी बापतको रकम सम्झनु पर्छ । -e_ “अन्य कुनै अङ्ग भङ्ग” भन्नाले कुनैअङ्गमा दुर्घटनाबाट चोटपटक लागी सो चोटपटक लागेको अङ्गको विषयमा विशेषज्ञ चिकित्सकद्वारा प्रमाणित गरिएको पूर्ण ह्रास वा पूर्ण स्थायी क्षतिलार्इ सम्झनु पर्छ । -d_ “अस्थायी पूर्ण अशक्तता” भन्नाले बीमित आय वा मुनाफा आर्जन गर्ने कुनै पनि व्यवसाय वा पेशा गर्न केही समयको लागि पूर्ण रूपले असमर्थ भएको अवस्था सम्झनु पर्छ । -o_ “औषधोपचार खर्च” भन्नाले दुर्घटनाबाट लागेको घाउ चोटको लागि आवश्यक उपचार, उपचार सामग्री वा उपचार सेवाको लागि भुक्तानी गरिएको वास्तविक...